Madhes Khabar
स्थानिय

वीरगन्जमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१७असारःवीरगन्जमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महाानगरपालिका वडा नम्बर १८ सुखचैनाकी ३५ बर्षिया गीता देवी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, आइतबार परवानीपुरबाट वीरगन्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२७ प ८०९३ नम्बरको स्कुटरले गण्डक चोकस्थित सडकमा पैदलयात्री गीता देवीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी बयोधा मेडिसिटिी हस्पिटलमा पुरयाइएकोमा उपचारकै क्रममा आइतबारराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अअगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

बाराको बंगरी नदीको प्रदुषण रोक्न फेटाका युवाहरुले मुख्यमन्त्री सोनलको ध्यानाकर्षण गराए

MadhesKhabar

बारामा साथीको सात वर्षिया छोरीलाई बलात्कार गर्ने भुवनलाई जन्मकैद

MadhesKhabar

पर्साको ग्रामीण भेगमा सरकारी कार्यालयहरुको सेवा विस्तार गर्न धोबिनीका स्थानीयको माग

MadhesKhabar

Leave a Comment