Madhes Khabar
राजनीति

सशस्त्र प्रहरीका असईको हत्या प्रकरणमा लोसपा नेता तथा पूर्व सांसद यादव पक्राउ

जनकपुरधाम, १६ असारःमधेस आन्दोलनका क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई ((प्रहरी सहायक निरीक्षक) थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए ।

लोसपाका नेतासमेत रहेका यादव उनी लामो समयदेखि फरार थिए ।याादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि उनले लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।एमालेका सांसद लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने अदालतबाट सफाइ पाएका थिए ।मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो ।साभारः अनलाइनखबरबाट

 

Related posts

वीरगन्जको मेयरमा १८ जना उम्मेदवार , उपमेयरमा काँग्रेसबाट इम्तियाज आलम

MadhesKhabar

लोसपाको चुनावी घोषणापत्र : संविधान संशोधन प्रमुख मुद्दा

MadhesKhabar

प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी घरदैलोमा पुग्दा जनता उत्साहित

MadhesKhabar

Leave a Comment