Madhes Khabar
राजनीति

प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी घरदैलोमा पुग्दा जनता उत्साहित

मधेसखबर
वीरगन्ज,१६ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का विभिन्न टोलहरुमा नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेदवार रामनारायण प्रसाद कुर्मीले बुधबार घरदैलो गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ (ख) बाट पाँच दलीय सत्ता गठबन्धनका समेत उम्मेदवार कुर्मीले घरदैलोलाई निरन्तरता दिँदै बुधवार वडा नम्बर ११ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् ।

जनतासँगको साक्षात्कारका क्रममा कुर्मीले जनतामा आशाको किरण छर्न र सपनाहरुलाई मुर्त रुप दिनका लागि आफुलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको बताए ।

लामो समयदेखि खोजे र सोचेजस्तै नेता नपाएकोमा निराश बनेका जनता कुर्मीको उम्मेदवारीले आशावादी देखिएका छन् ।

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने कुर्मीले जितेमा जनता निराश हुन नपर्ने मतदाताको प्रतिक्रिया छ ।

चाडवाड सकिएसँगै जनताको घरदैलोमा पुगेका कुर्मीले अरु टोलहरुमा पनि पुगेर जनताको समस्या र गुनासो सुन्ने क्रमलाई निरन्तरता दिने बताएका छन् ।

कुर्मीसँगै घरदैलोमा नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ताका साथै सत्ता गठबन्धनका नेता एवम् कार्यकर्ताहरु पनि सहभागी थिए ।

Related posts

नयाँ सरकारमा बाराबाट एमाले सांसद ज्वाला साह कृषि मन्त्री

MadhesKhabar

प्रचण्ड भन्छन् – गठबन्धन भित्र बेइमानी र षडयन्त्र हुदैछ काँग्रेसले धोका दिदैछ

MadhesKhabar

वीरगन्ज महानगरमा मात्रै २७ हजार मतदाता एमालेमा प्रवेश गरेको दाबी

MadhesKhabar

Leave a Comment