Madhes Khabar
मधेस प्रदेश

राैतहटमा बस दुर्घटना : एक युवतीको मृत्युु , ८ जना घाइते

रौतहट,१५असार :राैतहटकाे गरुडा नगरपालिको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना भएको छ । ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ।

 

बस दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीरघाइते र सात जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौरबाट भैरहवातर्फ गइरहेको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हाे।

 

बस दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारको लागि पठाइएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्।

बस चालक फरार रहेको हुँदा खोजी भइरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे गिरीले जानकारी दिइन्।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

महाेत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

MadhesKhabar

रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

MadhesKhabar

गाैरमा जमिनमा गाडेर लुकाइएकाे गाजा बरामद

MadhesKhabar

Leave a Comment