Madhes Khabar
स्थानिय

पर्साको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा भेटिएको दुवै शवको पहिचान खुल्यो

तस्बिर : कृष्णमोहन साह

वीरगन्ज,३१जेष्ठःनेपाल–भारत सीमाको दशगजा क्षेत्रमा पर्ने पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ स्थित ओरिया खोलामा गाडिएको अवस्थामा गत मंगलबार फेला परेका दुवै शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरक्षिक दीपक भारतीले गत मंगगलबार गाडिएको अवस्थामा भेटिएको दुवै शवको पहिचान खुलेको जानकारी दिए । फेला परेका मध्ये एउटा शव बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –६ का ६० वर्षीय रामएकवाल पडित कुम्हारको र अर्को शव बाराकै आदर्शकोतवाल गाउँपालिका–७ घर भई हााल कलैयामा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको रहेको भारतीले बताए ।

दुवै शवको गत मंगलबार नै वीरगन्जको नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको जानकारी उनले दिए । शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले मृत्युको कारण यकिन भइनसकेको उनले बताए । ती दुवै व्याक्तिको मृत्युको कारण के हो ? कसरी त्यहाँ गाडियो ? यसबारे अनुसन्धान भइरहेको यनले बताए ।

जगरनाथपुरको बिसनपुर्वाबाट भारत बिहारको नगरदाहतर्फ जाने बाटोमा पर्ने ओरिया खोला नजिकै नेपाल–भारत सीमा दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै ती शव गाडिएको अवस्थामा गत मंगलबार नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त गस्ती टोलीले फेला पारेको थियो ।

Related posts

घुसपैठ राेक्न भारतसंग सीमा जाेडिएका बाराका नाकामा पनि विशेष सुरक्षा सतर्कता

MadhesKhabar

एक महिनामा पर्सा प्रहरीको प्रगती : ६ करोड बढीको तस्करीका सामान बरामद

MadhesKhabar

पर्सागढी नगरपालिकाको बजेट ५५ करोड ७० लाख , कृषि , शिक्षा र पर्यटन प्राथमिकतामा

MadhesKhabar

Leave a Comment