Madhes Khabar
अर्थतन्‍त्र

अमलेखगञ्जस्थित बिटुमिन तथा ब्यारेल उद्याेगमा आगलागी, करोडौंको क्षति

बारा,२९जेष्ठ :बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जस्थित बिटुमिन तथा ब्यारेल उद्याेगमा मंगलबार दिउँसो आगलागी हुँदा करोडौं मूल्य बराबरको क्षति भएको छ ।

उद्याेगमा कच्चापदार्थ तताउने क्रममा आगलागी भएको हो । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएपनी पूर्ण विवरण आउन सकेको छैन ।

सडक कालोपत्रे गर्ने सामाग्री उत्पादन गर्न बिटुमिन तताउन खोज्दा आगो लागेको बताइएको छ ।अमलेखगञ्जस्थित नेपाल आयल निगम, जीतपुरसिमरा उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याएका थिए ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले आगो पूर्णरुपमा नियन्त्रणमा आएको जानकारी दिए । करिब दुई घण्टामा नियन्त्रणमा लिइएको आगोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।साभार:इशीलालेखबाट

Related posts

अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र

MadhesKhabar

एक वर्षमा विद्युत प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड नाफा

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे आमन्त्रित सदस्यमा युवा उद्यमी सन्दिप र पंकज मनाेनित

MadhesKhabar

Leave a Comment