बारा,२९जेष्ठ :बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जस्थित बिटुमिन तथा ब्यारेल उद्याेगमा मंगलबार दिउँसो आगलागी हुँदा करोडौं मूल्य बराबरको क्षति भएको छ ।
उद्याेगमा कच्चापदार्थ तताउने क्रममा आगलागी भएको हो । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएपनी पूर्ण विवरण आउन सकेको छैन ।
सडक कालोपत्रे गर्ने सामाग्री उत्पादन गर्न बिटुमिन तताउन खोज्दा आगो लागेको बताइएको छ ।अमलेखगञ्जस्थित नेपाल आयल निगम, जीतपुरसिमरा उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याएका थिए ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले आगो पूर्णरुपमा नियन्त्रणमा आएको जानकारी दिए । करिब दुई घण्टामा नियन्त्रणमा लिइएको आगोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।साभार:इशीलालेखबाट