Madhes Khabar
अर्थतन्‍त्र

एक वर्षमा विद्युत प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड नाफा

काठमाडौं,२५ साउन : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा भने प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ मात्रै रहेकोमा अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।

गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङ्ले बताए ।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङको भनाइ छ । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।
प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेकापनिे बताए ।सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

Related posts

मेयर सिंहको अग्रसरतामा वीरगन्जमा रात्रि बजारलाई निरन्तरता दिने निर्णय

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारकाे घोषणा

MadhesKhabar

आगामी बजेटमा निजगढ विमानस्थलकाे लगानी टुंगाे लगाउने सरकारकाे घाेषणा

MadhesKhabar

Leave a Comment