Madhes Khabar
खेलकुद

विश्वकपकाे सुपर ८ मा पुग्ने पहिलाे टिम बन्याे दक्षिण अफ्रिका

वीरगन्ज,२९जेष्ठ:अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत साेमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हाे।११४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो।

बंगलादेशका लागि ताहिद हृदयले सर्वाधिक ३७ रन,माेहम्मुदुल्लाहले २० रन र नजमुल हुसेनले १४ रन बनाए।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कासिगाे रबाडा र एनारिक नाेर्टेजले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएकाे थियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए ।ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन सकिबले ३ तस्किन अहमदले २ विकेट लिए ।

जारी विश्वकिमा लगातार ३ खेल जित्दै दक्षिण अफ्रिका सुपर ८ चरणमा पुग्ने पहिलाे टिम बनेकाे छ।

Related posts

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

वीरगन्ज युनाईटेड क्लब फाईनलमा

MadhesKhabar

पोखरिया गोल्डकप फुटबलको उपाधि वीरगन्जले जित्यो

MadhesKhabar

Leave a Comment