वीरगन्ज,२७जेष्ठ:वीरगन्जको शंकराचार्य प्रवेशद्वार नजिकै खुल्ला चाैरमा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन्।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य प्रवेशद्वार छेउकाे चाैरमा आइतबार दिउँसो अन्दाजी २५/३० बर्षका युवककाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतक युवककाे पहिचान खुल्न सकेकाे छैन ।उचाइ ५ फिट ४ ईन्च, ताैल अन्दाजी ६०/६५ केजी रहेका ती युवकले कालाे रंगकाे सर्ट,नीलाे रंगकाे टिसर्ट,कालाे रंगकाे पाइन्ट र खैराे रंगकाे जुत्ता लगाएको अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएको छ।
मृतक युवककाे शव नारायणी अस्पतालकाे शव गृहमा राखिएको र उनकाे पहिचान पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ।

