Madhes Khabar
Uncategorized

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगन्ज,२७जेष्ठःवीरगन्ज महानगरपालिकाले बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न महानगरमा रहेका विद्यालयहरुलाई निर्देशन दिएको छ । गर्मी बढ्दै गएको र त्यसले जनजिवनमै असर परेकाले वीरगन्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै जेष्ठ २८ गतेदेखि बिहान साढे १० बजेसम्म पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्न सामुदायिक र संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

वीरगन्जसहित समग्र मधेसमै गर्मी बढीरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिहानी कक्षामा पठनपाठन सञ्चलन गर्न निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले बताए ।

प्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ–‘बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम गरी हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने समयावधि व्यवस्था गर्न अनुरोध छ’।

अर्काे सूचना नभएसम्मका लागि यही जेठ २८ गतेदेखि साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्ने निर्णय महानगरपालिकाले गरेको हो ।

Related posts

८० बोरा चिटको भाषणले निवर्तमान मेयर सरावगी फेरि चर्चामा

MadhesKhabar

सन्दिपले दिलाए नेपाललाई तेश्राे सफलता

MadhesKhabar

वीरगन्जमा बैशाख १० देखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीता

MadhesKhabar

Leave a Comment