Madhes Khabar
धर्म/संस्कृति

एमाले अध्यक्ष ओलीले भने : भगवान् रामको जन्मभूमि चितवनको माडीमै पर्छ

फाइल फोटो

चितवन,२५जेष्ठःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहो¥याएका छन् ।

एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।

Related posts

मुस्लिमलाई मधेसी सिफारिस गरिदिन मुस्लिम आयोगको आग्रह

MadhesKhabar

भाथा धामकाे विकासका लागि संयुक्त पहल गर्ने पर्साका राजनीतिक दलहरुकाे निर्णय

MadhesKhabar

वीरगन्जको मुर्लीमा नवनिर्मित मदर्शा भवनकाे सांसद यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment