Madhes Khabar
धर्म/संस्कृति

एमाले अध्यक्ष ओलीले भने : भगवान् रामको जन्मभूमि चितवनको माडीमै पर्छ

फाइल फोटो

चितवन,२५जेष्ठःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहो¥याएका छन् ।

एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।

Related posts

आज रामनवमी पर्व : गहवामाई मन्दिरमा महाआरती उत्सव हुदैं

MadhesKhabar

पशुबलीको बहानामा विश्वप्रसीद्ध गढीमाई मेला बिथोल्न लागेकाहरुलाई कारबाही गर्न माग

MadhesKhabar

शिरडी साईबाबा सेवा ट्रष्टकाे अध्यक्षमा कानु चयन

MadhesKhabar

Leave a Comment