वीरगन्ज,५असार: वीरगन्जमा रहेकाे शिरडी साईबाबा मन्दिर सेवा ट्रस्टकाे अध्यक्षमा हीरालाल साह कानु चयन भएका छन् ।
वीरगन्जमा सम्पन्न ट्रस्टको साधारणसभाले कानुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
निवर्तमान अध्यक्ष डा. प्रमोद कुमार सर्राफकाे २ वर्षे कार्यकाल सकिएपछि साधरणसभाले नयाँ सञ्चालक समिति चयन गरेकाे हाे ।
ट्रस्टको नवगठित सञ्चालक समितिकाे उपाध्यक्षमा प्रबेश कुमार सर्राफ, सचिवमा दिपेन्द्र श्रेष्ठ, सहसचिवमा आकाश कुमार सर्राफ र कोषाध्यक्षमा प्रदीप कुमार रुङ्गटा चयन भएका छन्।
यसैगरि सदस्यहरुमा संजय कुशवाहा, रेणुका देवी सर्राफ, मनोज रौनियार र वीरेन्द्र कुमारलाई चयन गरिएको ट्रस्टले जनाएको छ ।

