Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ हालसम्मकै उच्च,ताेलाकाे १ लाख ४५ हजार

काठमाडौं, जेष्ठ २५:सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो ।

शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ताृलाकाे दिन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड पनि तोडिएको छैन । अन्तर्राष्ट्रिय बजारमा जेठ ७ गते प्रतिऔंस २४५० डलर पुगेको सुन शुक्रबार (१०ः४० बजे) २३८५ डलर छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९००रुपैयाँ पुगेको छ ।साभार:अनलाइनखबर

Related posts

पर्सा र बाराका २१२ उद्योगमा निः शुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान

MadhesKhabar

डिजेल र पेट्रोलको मुल्य घट्यो

MadhesKhabar

सहकारी ठगी गर्ने व्याक्तिले उन्मुक्ति पाउनु हुन्न : सहकारीमन्त्री क्षेत्री

MadhesKhabar

Leave a Comment