जनकपुरधाम,२४जेष्ठःजनमत पार्टीले सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनमत पार्टीको केन्द्रीय सचिवालयको बिहीबार बिहान बसेको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका सचिव विपी साहे जानकारी दिए ।मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेका छन् ।
यसअघि जनमत पार्टीले संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने तयारी गरेको थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिएको सचिव साहले जानकारी दिए । सिंह सप्तरी क्षेत्र नंबर २ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
बिहीबार नै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दाबी पेस गर्ने तयारी छ ।साभारः अनलाइनखबर

