Madhes Khabar
स्वास्थ्य

नारायणी अस्पतालबाट दरबन्दी नभएका कर्मचारीलाई हटाउँदा अस्पताल विकास समितिकाे विराेध

फाइल तस्बिर ।

वीरगन्ज,२२जेष्ठः वीरगन्जको नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाइएकाेमा अस्पताल विकास समितिले विराेध जनाएको छ ।

मंगलबार अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ता तथा सदस्यहरु रमेश चाैधरी,किरण शर्मा र अक्षय झाले एक विज्ञप्ति जारी गर्दै अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले पूर्वाग्रही भएर ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाबाट हटाएकाे आराेप लगाएका छन्।

सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत १२ जना चिकित्सक ,१२ जना स्टाफ नर्स, जना हेल्थ असिस्टेन्ट सहित ४७ जनालाई सेवाबाट हटाउने निर्णय गरेकाे थियाे।

दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको निमित्त मेसु हककाे भनाई थियाे ।

तर मंगलबार अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले जारी गरेकाे विज्ञप्तिमा भने निमित्त मेसु हकले केहि कर्मचारीसंग मिलेमताे गरेर पूर्वाग्रही ढंगले ४७ जनालाई हटाएकाे आराेप लगाएका छन् ।यस बारेमा अस्पताल विकास समितिसंग कुनै छलफल समेत नगरिएको उनकाे भनाई छ।

एकै पटक ४७ जना कर्मचारीलाई सेवाबाट हटाउँदा अस्पतालकाे सेवा प्रवाहमा समस्या सृजना हुने र त्यसकाे सम्पूर्ण जिम्मेवार निमित्त मेसु हकले लिनुपर्ने अध्यक्ष गुप्ताले जनाएका छन् ।

Related posts

हराएको २४ लाख कोरोनाको खोप कहा गयो

MadhesKhabar

वीरगन्जको अलौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ९०० बढी स्थानीय लाभान्वित

MadhesKhabar

वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु

MadhesKhabar

Leave a Comment