Madhes Khabar
समाचार

नेपालमा मनसुन ११ दिनपछि भित्रिने पूर्वानुमान

काठमाडौं,१९जेष्ठःजल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।

विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा त्यहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।रासस

 

Related posts

फेवातालकाे जग्गामा आँफू ठगिएको गृहमन्त्री सुधन गुरुङको दाबी

MadhesKhabar

वीरगन्जमा तस्करीका तीन ट्रक सामान सशस्त्र प्रहरीद्धारा बरामद

MadhesKhabar

रौतहटको वाग्मती नदीमा डुबेर दुइ जना बालकको मृत्यु

MadhesKhabar

Leave a Comment