Madhes Khabar
समाचार

रौतहटको वाग्मती नदीमा डुबेर दुइ जना बालकको मृत्यु

तस्वीर : अनलाइनखबरबाट

मधेसखबर
वीरगन्ज,३१असार : रौतहटको वाग्मती नदीमा डुबेर दुइ जना बालकको मृत्यु भएको छ ।नदीमा  नुहाउन गएका बेला बिहीबार दिउँसो देखि बेपत्ता भएका दुवै बालकको शव शुक्रबार बिहान भेटिएको हो ।

बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका– ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नंबर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए । दुवै बालकको खोजी कार्यका लागि गोताखोर सहितका सुरक्षाकर्मीहरु परिचालन भए पनि बिहीबार फेला परेका थिएनन् ।

खोजीकै क्रमममा शुक्रबार बिहान हर्षकुमार झाको शव दुर्गाभगवती–५ बहुअर्वामा र आदित्य झाको शव वडा नंंबर३ पर्साटोलमा वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका
प्रवक्ता प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।

Related posts

पर्सामा एक वर्षमा २२ जना हुण्डी कारोबारीबाट १ करोड ६५ लाख रुपैया बरामद

MadhesKhabar

पाँच वर्षमा सबै भन्दा बढि भ्रष्टचार पालिकामा कर्मचारीले गरेका छन् – सांसद लक्षणलाल कर्ण

MadhesKhabar

खाेलामा डुबेर दुई बालककाे मृत्यु

MadhesKhabar

Leave a Comment