Madhes Khabar
समाचार

बारामा ठूलो परिमाणमा गाँजासहित ४ जना पक्राउ

बारा,२० बैशाख:बारामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ।

बाराको आदर्शकोतवाल गाँउपालिका वडा नंबर ३ बतारा स्थित खेतमा पार्किङ गरि राखेको प्र. २-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरबाट २२५ केजी गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे। ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको प्रहरीको टोलीले १५ वटा कार्टुनमा रहेको २२५ केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको हो।

प्रहरीले पहिले ट्याक्टर चालक बाराकाे आदर्श कोतवाल गाउँपालिका वडा नंबर ३ बताराका ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई पक्राउ गरेपछि उनीसंग सोधपुछको क्रममा थप ३ जना उक्त कार्यमा संलग्न रहेको खुल्न आएको थियो ।

त्यसपछ प्रहरीले बाराको कोल्हवीस्थित रोज उड होटलबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय कमान प्रजा, मकवानपुरकै कैलास गाउँपालिका-४ का २४ वर्षीय सिताराम प्रजा र मकवानपुरकै बकैया गाँउपालिका- ५ का २२ वर्षीय नवराज मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Related posts

नेपाल–चीन सीमामा भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ९५ पुग्यो

MadhesKhabar

पर्सा–२ मा सुशील कानुको अभियान तिव्र,विभिन्न पार्टी परित्याग गरि ५२ जना रास्वपा  प्रवेश

MadhesKhabar

पर्सामा अटोरिक्साको ठक्करबाट एक सशस्त्र प्रहरी घाइते

MadhesKhabar

Leave a Comment