वीरगन्ज,१४जेष्ठ:पर्साकाे ठोरी गाँउपालिका वडा नम्बर २ सुन्दरबस्तीमा पार्क निर्माण गर्न थालिएको छ।सुन्दरबस्तीस्थित कृष्ण मन्दिर परिसरमा ठोरी पार्कको निर्माण गर्न थालिएको हाे।
साेमबार ठाेरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक परम्परा अनुसार पार्कको शिलान्यास गरेका छन्।
श्रेष्ठका अनुसार,संघीय सरकार र स्थानीय सरकारको लगानीमा १ करोड बराबरको लगानीमा हाल पार्क निर्माण कार्यकाे थालनी गरिएको हाे। पार्कको गुरुयोजना करिब ९ करोड रुपैयाँको रहेपनि हाल १ करोड रुपैयाँको लागतमा निर्माण कार्य थालनी गरिएकाे श्रेष्ठले बताए ।अध्यक्ष श्रेष्ठले अफ्नै कार्यकालमा गुरुयोजना बमोजिमको कार्य सम्पन्न गरिने प्रतिबद्धता समेत जनाए।
शिलान्यास कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले पार्क निर्माणमा ढिलाई नगरी गुणस्तरीय काम गर्न ठेक्का सकारेको हिरण्य बालकृष्ण इन्जिनियरिङ्ग कन्ट्रक्सन प्रालिलाई
निर्देशन दिइन्।
ठोरी-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा जनप्रतिनिधि,राजनीतिक दलका नेता,समाजका अगुवा लगायतको सहभागिता रहेको थियो।

