Madhes Khabar
धर्म/संस्कृति पर्यटन

ऐतिहासिक पिपरामठको पुर्ननिर्माण महानगरपालिकाले गर्ने मेयर सिंहको उद्घोष

मधेसखबर
वीरगन्ज,१९जेठः
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा पिपरामा अवस्थित जीर्ण अवस्थामा पुगिसकेको नृसिंह मन्दिर पिपरामठको पुर्ननिर्माण महानगरपालिकाले गर्ने मेयर राजेशमान सिंहले बताएका छन् ।
बिहीबार आफै पिपरामठमा पुगेर त्यहाको अवस्था अवलोकन गरेपछि मेयर सिंहले त्यसको पुर्ननिर्माण महानगरपालिकाले गर्ने उद्घोष गरेका हुन् ।
पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरामठ , मर्मत र संरक्षण नगरिदा जीर्ण बन्दै गएको छ ।
मेयर सिंहले पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरामठ, पुरानै शैलीमा पुर्ननिर्माण गर्ने बताए । उनले यसको काम यहि वर्ष भित्रै सुरु गर्ने पनि बताए ।
पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरामठ, वीरगन्जको ऐतिहासिक र धार्मिकस्थल भएको भन्दै उनले भने,‘ यसलाइ पुरानै शैलीमा पुर्ननिर्माण महानगरपालिकाले गरेर व्यवस्थित बनाइनेछ ।
पिपरामठ गुठी संस्थान अन्तर्गत रहेको भए पनि वीरगन्जकै सम्पत्ती रहेकाले यसको संरक्षण र संबर्धन महानगरपालिकाले गर्ने उनले बताए ।

Related posts

चैती नवरात्रा आजबाट सुरु, वीरगन्जका शक्तिपिठहरुमा भक्तजनहरुको चहलहपल

MadhesKhabar

पर्यटन प्रबर्द्धनमा फड्काे मार्दै ठोरी :स्काइ वाक भ्यू टावर पनि सञ्चालन

MadhesKhabar

वीरगन्जकाे पशुपति मन्दीरमा आजबाट श्रावणी मेला सुरु

MadhesKhabar

Leave a Comment