
मधेसखबर
वीरगन्ज,१९जेठः वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा पिपरामा अवस्थित जीर्ण अवस्थामा पुगिसकेको नृसिंह मन्दिर पिपरामठको पुर्ननिर्माण महानगरपालिकाले गर्ने मेयर राजेशमान सिंहले बताएका छन् ।
बिहीबार आफै पिपरामठमा पुगेर त्यहाको अवस्था अवलोकन गरेपछि मेयर सिंहले त्यसको पुर्ननिर्माण महानगरपालिकाले गर्ने उद्घोष गरेका हुन् ।
पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरामठ , मर्मत र संरक्षण नगरिदा जीर्ण बन्दै गएको छ ।
मेयर सिंहले पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरामठ, पुरानै शैलीमा पुर्ननिर्माण गर्ने बताए । उनले यसको काम यहि वर्ष भित्रै सुरु गर्ने पनि बताए ।
पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरामठ, वीरगन्जको ऐतिहासिक र धार्मिकस्थल भएको भन्दै उनले भने,‘ यसलाइ पुरानै शैलीमा पुर्ननिर्माण महानगरपालिकाले गरेर व्यवस्थित बनाइनेछ ।
पिपरामठ गुठी संस्थान अन्तर्गत रहेको भए पनि वीरगन्जकै सम्पत्ती रहेकाले यसको संरक्षण र संबर्धन महानगरपालिकाले गर्ने उनले बताए ।

