Madhes Khabar
कर्पोरेट

वीरगन्जको लक्ष्मीनारायण मन्दिरमा सिटिजन्स बैंकको सहयोग

वीरगन्ज,१४जेष्ठःसिटिजन्स बैंकले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा अवस्थित लक्ष्मीनारायण मन्दिरमा विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले मन्दिरमा २५ वटा कुर्सी र एक थान साउण्ड स्पीकर सहयोग गरेको हो ।

सोमबार बैंककाा मधेस प्रदेश प्रमुख नितेश खड्गीले लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिका अध्यक्ष विजयकुमार सिंह बस्नेतलाई कुर्सी र स्पीकर प्रदान गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरलाई ती सामग्री सहयोग गरिएको खड्गीले बताए ।

त्यस अवसरमा बैंकका कलस्टर प्रमुख सन्नी खतिवडा, शाखा प्रमुख प्रशान्त कुमार कर्ण लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

४३ कराेड महशुल नतिरेकाे हुलास स्टिलकाेपनि बिजुली लाइन काटियाे

MadhesKhabar

जितपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहन शर्मा निर्विरोेध निर्वाचित

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment