रौतहट,१३जेष्ठःरौतहटमा गर्मीले ढलेर एक बटुवाको मृत्यु भएको छ। अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो।
साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए। साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको हो।
घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले यादवको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको बताएका छन्।घटनाबारे अन्य किसिमले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ।साभारः नागरिक

