वीरगन्ज,१२जेष्ठःजनता समाजवादी पार्टी पर्साको जिल्ला कार्यसमिति विस्तार भएको छ । सिंगासन साह तेलीको संयोजकत्वमा रहेको जिल्ला कार्य समिति विस्तार गरिएको हो ।
गत बैशाख २३ गते जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले अहिले जिल्ला स्तरमा आफ्नो संगठन विस्तार गर्दै आइरहेको छ । त्यसै क्रममा पर्सामा शनिबार बसेको बैठकले ८१ सदस्यिय जिल्ला समिति विस्तार गरिएको हो ।
विस्तारित जिल्ला समितिको सदस्यमा ग्यासुद्दिन मियाँ, मिथिलेस सिंह, उमेशलाल सहनी, सुशिल कुमार कानु, रमेश प्रसाद यादव, बैजुलाल स्वर्णकार, नेक महमद अंसारी, अजय साह सोनार, रियाज अहमद ,बैजन्ती माला लगायत ८१ जना रहेका छन् ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं वीरगंज महानगरका मेयर राजेशमान सिंह, केन्द्रिय सदस्य मोहनलाल चौधरी, पूर्व प्रदेससभा सदस्य जन्नत अन्सारी, भिमा यादव, वीरगन्ज महानगर समिति अध्यक्ष इश्वरचन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।

