Madhes Khabar
कृषि

कृषि क्षेत्रमा सुधार गर्न खोज्दा बिचौलियाहरुले काम गर्न दिएनन् : कृषिमन्त्री ज्वाला साह

काठमाडौं,७जेष्ठःसंघीय सरकारकी कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा विचौलिया हाबी भएको स्वीकार गरेकी छन् । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा कृषिमन्त्री साहले बिचौलिया हाबी हुँदा चाहेअनुसार नतिजा दिन नसिकएको उल्लेख गरिन् । ‘हामी सबै इफोर्ट लगाएर काम गर्न खोजेका छौं तर पनि रिजल्ट नआउँदा निराशा छाएको छ’ उनले भनिन् ।

कृषि मन्त्रालयलाई कर्मचारीहरूबाट पनि सहयोग नभएको उनको गुनासो छ । ‘मन्त्रालयमा आन्तरिक द्वन्द्व, व्यक्तिगत स्वार्थ र बिचौलिया हाबी भए’ साहले भनिन् । कृषि मन्त्रालयले कोही पनि नागरिक भोकै नरहनेगरी आधुनिक प्रविधिमार्फत काम गरेर उत्पादनमा प्रचुरता ल्याउन खोजेको उनको भनाइ छ ।

‘देशका कोहि पनि नागरिक भोकै नरहोस् बनेर खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन ऐन बनाएको हौं, त्यसको पूर्ण कार्यान्वयन गर्छौं’ उनले भनिन् । बाँझो जमिन राख्नेलाई स्थानीय तहले दण्डित गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘बाँझो जमिन कि लिजमा दिनुपर्यो, कि खेती गर्ने किसानलाई दिनुप¥यो, अनि मात्रै उत्पादन बढ्छ’ उनले भनिन् ‘गाउँमा जमिन बाँझो राखेर काठमाडौं बस्ने अनि अरुलाई खेती गर्न नदिनेहरुलाई दण्डित गर्नुपर्छ’ साहले भनिन् । उनले कृषि मन्त्रालयले कृषि सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्नकै लागि ऐन बनाएको बताइन् ।साभारः अनलाइनखबरबाट

Related posts

मधेसमा सबैभन्दा बढी धान राेपाइँ पर्सा जिल्लामा

MadhesKhabar

सखुवा प्रसाैनीका किसानलाई माछा पालन सम्बन्धि तालिम

MadhesKhabar

टमाटरमा भेटियो अत्याधिक विषादी

MadhesKhabar

Leave a Comment