Madhes Khabar
मधेस प्रदेश

जनकपुरमा कारले ठक्कर दिँदा पत्रकार शिवेन्द्रको मृत्यु

धनुषा,५जेष्ठः जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा शनिबार बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

Related posts

व्यापारीलाई धम्काएर लाखौ रकम माग्ने भैयाराम रौतहटमा पक्राउ

MadhesKhabar

विमान दुर्घटनाको शाेकमा मधेस प्रदेश सभामुखकाे मतदान स्थगित

MadhesKhabar

कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि मधेसका मुख्यमन्त्री सिंह संकटमा

MadhesKhabar

Leave a Comment