Madhes Khabar
राजनीति

सहकारी ठगीमा मुछिएका रवि लामिछानेसहितकालाई कारबाही गर्न नेविसंघ पर्साको माग

वीरगन्ज,१जेष्ठःनेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले रवि लामिछानेसहित सहकारी ठगीमा मुछिएकाहरुलाई छानबिनको दायरमा ल्याएर कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर नेविसंघ पर्साका नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेविसंघ पर्साले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछानेसहतिका व्याीक्तहरुलाई छानबिनको दायरामा ल्याउन संसदीय छानबिन समिति गटठन गर्नुपर्ने , भागेका र संकटग्रस्त घोषित सहकारीबाट बचतकर्ताहरुको रकम फिर्ता गर्नु पर्ने , सहकारीको रकम दुरुपयोग गरेर अपचलन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग सरकारसंग गरेको छ ।

यस्तै विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधनसहित विद्यालय शिक्षा विद्येयक २०८० तत्काल लागू गर्नुपर्ने , तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुको शिक्षाको गुणस्तर सुधार्नका लागि पनि माग गरिएको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए ।

यादवकै नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनका साथै नेविसंघका विकास मण्डलसहितका नेताकार्यकर्ताहरुकोपनि सहभागीता थियो ।

 

Related posts

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : म गेट बनाउदिन, सडक, पुल र स्कुल बनाउछु

MadhesKhabar

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

फेटामा चुनावी घरदैलोमा पुगेका किसान र सोनललाई मतदाताको समर्थन

MadhesKhabar

Leave a Comment