Madhes Khabar
समाचार

वीरगन्जबाट मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक रक्सौल नाकाबाट पक्राउ

वीरगन्ज,२९बैशाखःवीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० बर्षिय शेख गुफरान र त्यहि ठाँउका शेख असरफ रहेका छन् ।

प्रहरीका अनुसार, गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना ६ प ५४७५ नम्बरको मोटरसाइकल आँफनै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो । चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज–रक्सौल नाकाको मितेरी पुल हुदैं भारत जादैं गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

चोरीको मोटरसाइकलसहित उनिहरुको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका ईरिक्साको चार्जर १ थान, त्यसमा लाग्ने क्वायल रोल २ थान , टावर लाइटको ब्याट्री राख्ने फलामको बाकस १ थान र ब्याट्रिको खोल १० थानपनि बरामद गरिएको बोगटीले जानकारी दिए ।

चोरीको मोटरसाइकल र ती सामानसहित पक्राउ गरिएका दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेर अथप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

 

Related posts

वरिष्ठ सई राणा बाराकाे उत्कृष्ट प्रहरी घाेषित

MadhesKhabar

एम्बुलेन्समा पटकाको तस्करी

MadhesKhabar

खानेपानी मन्त्री यादवले मन्त्रालयका सचिव बज्राचार्यसंग गरे १ वर्षको कार्यसम्पादन सम्झौता

MadhesKhabar

Leave a Comment