Madhes Khabar
मधेस प्रदेश

मधेसमा बस्ने मानिसको औसत आयु ७१.८ बर्ष

फाइल फोटो ।

काठमाडौं,२३बैशाखः मधेसका मानिसको कूल औसत आयु ७१.८ बर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसांख्यीयक सूचक अनुसार अहिले नेपालीको कुल औसत आयु ७१.३ बर्ष पुगेकोमा मधेसमा बस्ने मानिसको औसत आयु ७१.८ बर्ष पुगेको हो ।

यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसांख्याकि सूचक अनुसार नेपालमा पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ ।

पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ । यो करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, गण्डकी प्रदेशमा ७२.१ र बागमती प्रदेशमा ७२.४ बर्ष रहेको छ ।

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।साभार : रातोपाटी

Related posts

गढीमाई नगरपालिकाको बजेट ५५ करोड

MadhesKhabar

पूर्वसांसद अफताबको मुद्दामा आज पेशी, अन्तिम फैसला आउने सम्भावना

MadhesKhabar

सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

MadhesKhabar

Leave a Comment