
काठमाडौं,२३बैशाखः मधेसका मानिसको कूल औसत आयु ७१.८ बर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसांख्यीयक सूचक अनुसार अहिले नेपालीको कुल औसत आयु ७१.३ बर्ष पुगेकोमा मधेसमा बस्ने मानिसको औसत आयु ७१.८ बर्ष पुगेको हो ।
यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसांख्याकि सूचक अनुसार नेपालमा पुरुषको औसत आयु ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ ।
पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ । यो करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, गण्डकी प्रदेशमा ७२.१ र बागमती प्रदेशमा ७२.४ बर्ष रहेको छ ।
कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।साभार : रातोपाटी

