Madhes Khabar
शिक्षा

बारामा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ

सांकेतिक तस्बिर ।

बारा,२१बैशाखः बारामा कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बाराकै देवताल गाउँपालिका घर भएका १७ बर्षिया एक किशोरी र देवताल –५ कै ३० बर्षिय किरण साह रहेका छन्। १७ बर्षिया किशोरी नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसको परीक्षा केन्द्र जारी कक्षा १२ को परीक्षामा बिहीबार अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परीक्षार्थी बनेर लेखा विषयको परीक्षा दिइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

Related posts

सामाजिक सेवामा सरावगी निरन्तर , सरकारी विधालयलाइ १० थान पंखा सहयोग

MadhesKhabar

विषयगत शिक्षक नहुदाँँ पर्साका सरकारी विद्यालयहरुको एसईईको नतिजा खस्कियो

MadhesKhabar

शिक्षकहरुकाे आन्दाेलनमा प्रदेश सभा सदस्य पटेलकाे ऐक्यबद्धता

MadhesKhabar

Leave a Comment