Madhes Khabar
शिक्षा

बारामा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ

सांकेतिक तस्बिर ।

बारा,२१बैशाखः बारामा कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बाराकै देवताल गाउँपालिका घर भएका १७ बर्षिया एक किशोरी र देवताल –५ कै ३० बर्षिय किरण साह रहेका छन्। १७ बर्षिया किशोरी नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसको परीक्षा केन्द्र जारी कक्षा १२ को परीक्षामा बिहीबार अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परीक्षार्थी बनेर लेखा विषयको परीक्षा दिइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

Related posts

विधार्थीकाे भविष्यसंग खेलवाड नगर्न गाैतम माविलाई विधार्थी संगठनहरुकाे चेतावनी

MadhesKhabar

ठाकुरराम क्याम्पसका कर्मचारीहरुको आन्दोलन प्रति प्राध्यापकहरुको पनि समर्थन

MadhesKhabar

पर्साको विन्दबासिनी गाँउपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबिच झडप, चार विधार्थी घाइते

MadhesKhabar

Leave a Comment