Madhes Khabar
स्थानिय

पर्साको जगरनाथपुरमा आगलागी हुदाँ चार घर जलेर सखाप, २७ लाख बराबरको क्षति

वीरगन्ज,१८बैशाखःपर्साको धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर गाँउमा मंगलबार दिउँसो आगलागी हुदाँ फुसको चार वटा घर जलेर नष्ट भएका छन् ।

मंगलबार दिउँसो भएको आलागीबाट स्थानीय रजाक देवान, रहमत देवान,अमजद देवान र समसाद देवानको गरी चार वटा घर र घरमा रहेका सबै सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।

स्थानाीयका अनुसार दिउँसो दुई बजेतिर रजाक देवानको घरमा खाना पकाउने क्रममा चुल्होमा आगो बालिएको थियो । त्यहि आगोबाट सल्किर आगलागी हुदाँ रजाकसंगै छिमेकका घरहरुपनि जलेर नष्ट भएको हो ।आलगागी पोखरिया नगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयबासीले मिलेर निभाएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी सहायक हवल्दार रामकुमार साह कानुले जानकारी दिए ।

आगलागीबाट चार वटै घर जलेर पूर्ण रुपले नष्ट हुदाँ त्यसबाट करिब २७ लाख रुपैयाँ बराबरको क्षति भएको पिडित घरधनीहरुले बताएको कानुले जानकारी दिए । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

Related posts

निजगढमा यात्रुवाहक बस दुर्घटना हुदाँ १ काे मृत्यु ,३० भन्दा बढी घाइते

MadhesKhabar

शौचालयको फोहोर सोझै नालामा खसाउने होटललाई वीरगन्ज महानगरले तिरायो २५ हजार जरिबाना

MadhesKhabar

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

Leave a Comment