Madhes Khabar
स्थानिय

वीरगन्जबाट ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जना पक्राउ

वीरगन्ज,१८बैशाखःवीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई वीरगन्जको घण्टाघर नजिकबाट सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पंचायत–४ घर भएका ३० बर्षीय क्यामुद्धिन मियाँ र बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ घर भएकी ४० बर्षीया हलिमा खातुन रहेका छन् ।

विशेष सूचनाको आधारमा सोमबार राति वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई घण्टाघर चोक नजिकबाट पक्राउ गरेको हो।

भारतको रक्सौलबाट पैदल आउँदै गरेका उनिहरुलाई घण्टाघर चोकस्थित सडकमा रोकेर शरिर खानतलासी गर्दा दुवै जनाको साथबाट गरी १ सय २३ थान नक्कली नोट बरामद भएको प्रहरी निरक्षिक बोगटीले बताए । नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हरिासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Related posts

३२ वर्षिया महिलाको मृत्यु भएपछि भवानी अस्पतालमा तनाव

MadhesKhabar

वीरगन्ज :सार्वजनिक बोरीङबाट पानी लैजान नदिनेको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

MadhesKhabar

वीरगन्ज महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनका लागि महानगरले थाल्यो काम

MadhesKhabar

Leave a Comment