Madhes Khabar
स्थानिय हेडलाइन

बारामा सिंचाईका लागि माेटरमा तार जाेड्ने क्रममा करेन्ट लागेर एक युवककाे मृत्यु

सांकेतिक फोटो ।

बारा,१२बैशाख:बारामा खेतमा सिंचाईका लागि विद्युतीय माेटरकाे तार जाेड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएकाे छ।मृत्युु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटाका २५ बर्षिय काशीराज यादव रहेका छन् ।

बुधबार राति पाैने ९ बजेतिर चैते धानका लागि खेतमा सिंचाइ गर्नका लागि विद्युतीय माेटरकाे तार जाेड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि कलैया ल्याउने क्रममा बाटोमै उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यादवकाे शव पोष्टमार्टमको लागी कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Related posts

आज देवादिदेव महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदै

MadhesKhabar

१३ वर्षपछि टुट्ने भयाे वीरगन्जको मेनराेड, एकसाथ ५ स्थानमा डाेजर लगाउने सडक विभागकाे तयारी

MadhesKhabar

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

MadhesKhabar

Leave a Comment