Madhes Khabar
स्थानिय

कलैयामा चर्काे आवाजमा डिजे बजाउने दुई जना प्रहरी फन्दामा

बारा,१२बैशाख: बाराको कलैयामा चर्को आवाजमा डिजे बजाउने दुई जनालाई डिजे साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलैया बजार क्षेत्रमा मंगलबार राति ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराकै जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १० का २५ बर्षीय नागेन्द्र राय र देवताल गाउँपालिका वडा नम्बर १ का ५० बर्षीय जयराम सिंह रहेका बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

चर्को आवाजमा डीजे नबजाउन यसअघि सार्वजनिक सुचना नै निकालेर गरिएको आग्रहलाई अटेर गरेकाले उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरी नायब उपरीक्षक न्याैपानेले बताए ।

Related posts

पर्साको खेस्राहामा आगलागी हुदाँ चार वटा घरगोठ जलेर नष्ट

MadhesKhabar

पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

MadhesKhabar

बारामा लागुऔषध सहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment