Madhes Khabar
स्थानिय

बारामा लागुऔषध सहित ३ जना पक्राउ

मधेसखबर
वीरगन्ज,१५ चैत : बाराबाट प्रहरीले लागुऔषध सहित तीन जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा रामेछापको खाँडदेवी गाँउपालिका वडा नम्बर २ का ३१ वर्षिय अर्जुन कुमार श्रेष्ठ , बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का १९ वर्षिय दिपेश कार्की र मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर २ का ३० वर्षिय पुष्प बहादुर राई रहेका छन् ।

मंगलबार राति इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा १ स्थित सडकमा चेकजाँचको क्रममा मधेस प्रदेश ०३–००१ क.२२४३ नम्बरको लहरीको क्याविनमा सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा डाइजेपाम २८ पिस , फेनरागन २८ पिस र नर्फिन २८ पिस, नाइट्रोभेट ७५ पिस र नाइट्राजेपाम ८० पिस सहित चालक श्रेष्ठ र कार्कीलाई पक्राउ गरेको हो ।

त्यहिस्थानमा चेकजाँचकै क्रममा प्रहरीले मधेस प्रदेश ०३–००१ क २२४२ नम्बरको लहरीको क्याविनमा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम २६ पिस , फेनरागन २६ पिस र नर्फिन २६ पिस, नाइट्रोभेट १५० पिस र नाइट्राजेपाम ४० पिस सहित चालक राईलाइ पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

लागुऔषध सहित पक्राउ परेका तीनै जनालाइ प्रहरी हिरासतमा राखेर लागु औषध सम्बन्धि कसुर शिर्षकको मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको उनले बताए ।

Related posts

सडकमा छाडा कुकुरका कारण सर्वसाधारण हैरान

MadhesKhabar

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

युवाहरु नै मेराे उर्जाकाे श्राेत हुन् : मेयर सिंह

MadhesKhabar

Leave a Comment