वीरगन्ज,१७ असोज : भारतबाट तस्करी गरेर नेपालमा ल्याइएको एक ट्याक्टर गहुँ प्रहरीले पर्साको ग्रामीण भेगबाट बरामद गरेको छ ।
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियास्थित तिलावे पुलबाट बुधबार प्रहरीले ८ हजार ५६० केजी गहुँ सहितको ना १ ख ९६४२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँउबाट वीरगन्ज बजार तर्फ आउँदै गरेको उक्त ट्याक्टर तिलावे पुलमा रोक्न खोज्दा त्यसका चालक गहुँ लोड रहेको ट्याक्टर छाडेर फराार भएका थिए । त्यसपछि प्रहरीले चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड रहेको ८ हजार ५६० केजी गहुँ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थाापाले जानकारी दिए । बरामद गहँुको बजार मुल्य सात लाख ३९ हजार ६८० रुपैयाँ रहेको उनले बताए ।
बरामद गहुँसहितको ट्याक्टर थप अनुसन्धान तथा कारबहीको लागि बुधबार नै वीरन्ज भन्सार कार्यालय बुझाइएको जानकारी थापाले दिए ।

