Madhes Khabar
स्थानिय

बारामा फेरि एउटा पाटे बाघ मृत भेटियाे

बारा,६चैत:बाराको कोल्हबी नगरपालिका २ स्थित तामागढी सामुदायिक वन क्षेत्रमा मंगलबार दिउँसो एउटा बाघ मृत अवस्थामा भेटिएको हो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अन्दाजी दुई वर्षको पोथी बाघ मृत फेला परेको हो ।

कोल्हबी सव डिभिजन अन्तर्गत पर्ने सामुदायिक वन क्षेत्रमा फेला परेको उक्त बाघ पाँच दिन अघि मरेको हुनसक्ने आशंका गरिएको छ । वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिकको टोलीले भेटिएको मृत बाघको ‘स्याम्पल’ लिएको छ ।

‘स्याम्पल’ परिक्षणपछि मात्रै बाघ मृत्यु भएको कारण खुल्न सक्ने वन कार्यालयका कर्मचारीले बताएका छन् । दुई साता अघि बाराको निजगढ ४ स्थित कछाडिया वन क्षेत्रमापनि एउटा बाघ मृत फेला परेको थियो । फागुन २२ गते मंगलबार कछाडिया जंगलमा मृत भेटिएको बाघको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

यो संगै बारामा पछिल्लो तीन वर्षमा पाँच वटा बाघ मरेको छ । यसअघि फाल्गुन दोस्रो साता पर्सा राष्ट्रिय निकुञ्जमा उपचाररत एउटा बाघ मरेको थियो भने फाल्गुन २२ गते निजगढको कछाडिया जंगलमा र २०७९ असोज १४ गते तराई–मधेस (द्रुतमार्ग) मा बाघ मृत भेटिएको थियो । यस्तै २०७७ पुस १८ गते पथलैया–अमलेखगञ्जमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो ।साभार:ईशीलालेखबाट

Related posts

वीरगन्ज महानगरको अवस्था बारे जनतालाइ जानकारी गराउन श्वेतपत्र जारी गरिने

MadhesKhabar

ठाकुरराम क्याम्पसमा निर्वाचन समितिकाे आलटालले अझै सुरु भएन मतगणना,पत्रकारलाई क्याम्पस प्रवेशमा राेक

MadhesKhabar

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

MadhesKhabar

Leave a Comment