Madhes Khabar
स्थानिय

बारामा फेरि एउटा पाटे बाघ मृत भेटियाे

बारा,६चैत:बाराको कोल्हबी नगरपालिका २ स्थित तामागढी सामुदायिक वन क्षेत्रमा मंगलबार दिउँसो एउटा बाघ मृत अवस्थामा भेटिएको हो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अन्दाजी दुई वर्षको पोथी बाघ मृत फेला परेको हो ।

कोल्हबी सव डिभिजन अन्तर्गत पर्ने सामुदायिक वन क्षेत्रमा फेला परेको उक्त बाघ पाँच दिन अघि मरेको हुनसक्ने आशंका गरिएको छ । वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिकको टोलीले भेटिएको मृत बाघको ‘स्याम्पल’ लिएको छ ।

‘स्याम्पल’ परिक्षणपछि मात्रै बाघ मृत्यु भएको कारण खुल्न सक्ने वन कार्यालयका कर्मचारीले बताएका छन् । दुई साता अघि बाराको निजगढ ४ स्थित कछाडिया वन क्षेत्रमापनि एउटा बाघ मृत फेला परेको थियो । फागुन २२ गते मंगलबार कछाडिया जंगलमा मृत भेटिएको बाघको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

यो संगै बारामा पछिल्लो तीन वर्षमा पाँच वटा बाघ मरेको छ । यसअघि फाल्गुन दोस्रो साता पर्सा राष्ट्रिय निकुञ्जमा उपचाररत एउटा बाघ मरेको थियो भने फाल्गुन २२ गते निजगढको कछाडिया जंगलमा र २०७९ असोज १४ गते तराई–मधेस (द्रुतमार्ग) मा बाघ मृत भेटिएको थियो । यस्तै २०७७ पुस १८ गते पथलैया–अमलेखगञ्जमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो ।साभार:ईशीलालेखबाट

Related posts

पेखरिया नगरपालिकाको बेथिती र अनियमितता रोक्न माग गर्दै मेयरलाई बुझाइयो ज्ञापनपत्र

MadhesKhabar

महाकुम्भ मेलामा भएको भागदौडमा पर्साकी पनि एक महिला सम्पर्कविहीन

MadhesKhabar

ग्रामीण भेगका महिलाहरुलाई विधुतिय चुल्हो हस्तान्तरण र प्रयोग गर्ने बारे प्रशिक्षण

MadhesKhabar

Leave a Comment