वीरगन्ज,६बैशाख:नेपाल विधार्थी संघ(नेविसंघ ) पर्साले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारकाे माग गर्दै वीरगन्ज महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।
नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा संघकाे केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार नेविसंघ पर्साले वीरगन्ज महानगरपालिकामा बिहीबार ज्ञापनपत्र बुझाएको हाे ।नेविसंघ पर्साका सभापति रमेश यादव नेतृत्वको टाेलीले महानगरपालिकाकाे कार्यालयमा पुगेर उपमेयर इम्तियाज आलम र शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णलाई ज्ञापनपत्र बुझाएको हाे।
वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तहसम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाइएको नेविसंघ पर्साका सभापति यादवले बताए ।
ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा नेविसंघ पर्साका सभापति यादवसंगै संघका नेता कार्यकर्ताहरुकाेपनि सहभागिता रहेकाे उपमेयर आलमका प्रेस सल्लाहकार महमद सदाबले जनकरी दिए।

