काठमाडौं,५बैशाखःकोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐयरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू अर्थात १९ लाख नेपाली रुपैयाँ जरिवाना गरिएको छ ।मंगलबार राति राजस्थान रोयल्ससँग भएको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण ऐयर कारबाहीमा परेका हुन् ।
मंगलरबार राति भएको खेलमा कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।कोलकाताले दिएको २२४ रनको लक्ष्य राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।
जारी आईपीएलमा स्वलो ओभर रेटका कारण यसअघि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त र चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाडपनि १९ लाख रुपैयाँ जरिवानामा परिसकेका छन् ।

