Madhes Khabar
खेलकुद

काेलकातामाथि राजस्थानकाे राेमाञ्चक जित

वीरगन्ज,५बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मंगलबार राति भएकाे राेमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाईट राईडर्सलाई पराजित गरेको छ ।

कोलकाताको घरेलु मैदान इडन ग्रार्डेन क्रिकेट स्टेडियममा भएको खेलमा काेलकातामाथि राजस्थानले २ विकेटकाे जित हात पारेकाे हाे।

कोलकाताले दिएको २ सय २४ रनको लक्ष्य राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानका लागि ओपनर जोस बटलरले ५६ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । रियान परागले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए ।

कोलकाताका लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई दुई तथा वैभव अरोरा एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

कोलकाताका लागि ओपनर सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय ९ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको पहिलो शतक सुनिलले ४९ बलमा ११ चौका र ६ छक्काको सहयोगमा पुरा गरे ।

आन्द्रे रसेलले १० बलमा २ चौकाको सहयोगमा १३ रन बनाए । चौथो विकेटका लागि नारायण र रसेलले १९ बलमा ५१ रनको साझेदारी गरे । अंगकृष्न रघुवंशीले १८ बलमा ५ चौकाको सहयोगमा ३० रन बनाए । दोस्रो विकेटका लागि नारायण र रघुवंशीले ४३ बलमा ८५ रनको साझेदारी गरे ।

रिंकु सिहले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २० रन बनाए ।

राजस्थानका लागि आवेश खान र कुलदिप सेन समान दुई दुई तथा ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान एक एक विकेट लिए ।

सातौं खेलमा ६ जितका साथ राजस्थान पहिलो स्थानमा कायमै छ । ६ खेलमा दोस्रो हार खेपेकाे कोलकाता आठ अंकका साथ दोस्रो स्थानमा कायमै छ ।

Related posts

महिला यु–१९ एसिया कपमा आज नेपालले भारतसंग खेल्दै

MadhesKhabar

जनकपुरका कप्तान अनिल साह बने एनपिएलमा पहिलाे अर्धशतक हान्ने खेलाडी

MadhesKhabar

सानदार व्याटिङ गरेपनि न्युजिल्यान्ड अष्ट्रेलियासँग ५ रनले पराजित

MadhesKhabar

Leave a Comment