Madhes Khabar
अन्तर्राष्ट्रिय धर्म/संस्कृति

राम नवमीमा अयोध्याको राम मन्दिरमा विशेष समारोह हुदैं

काठमाडौं,३बैशाखःराम नवमीको अवसरमा भारतको अयोध्याको राम मन्दीरमा ४० लाख श्रद्धालु भक्तजनले दर्शन गर्ने भएका छन्। जसमा भारतसहित नेपाल र अन्य देशका श्रद्धालुहरू रहेका छन्।

बुधबार परेको राम नवमीका लागि अयोध्यास्थित राम मन्दीरमा विशेष समारोहको आयोजन गरिने छ। राम नवमीको अवसरमा मन्दीरको मुख्य द्वार २० घन्टासम्म दर्शनका लागि खुला रहने छ।

राम नवमीलाई ध्यानमा राखी त्यहँको भारतीय प्रहरी प्रशासनले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ। साथै अस्पताल, फरकफरक विभागका कर्मचारीहरूलाई पनि सतर्क अवस्थामा रहन भनिएको छ।

कुनैपनि अप्रिय घटना हुन नदिन र श्रद्धालुहरूलाई सहज दर्शनका लागि मन्दीर व्यवस्थापनले प्रशासनसँग मिलेर तयारी गरिरहेको छ।

भगवान रामको जन्मदिनको अवसरमा राम मन्दीरमा सूर्य अभिषेक गरिने छ। जसका लागि सूर्यको किरण मन्दिरमा रहेको भगवान रामको मुर्तिमा कसरी पर्छ भन्ने विषयमा पनि व्यवस्था मिलाइएको बताइएको छ।

Related posts

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन

MadhesKhabar

भारतले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायाे

MadhesKhabar

हजयात्राको शुल्क घटाउन सरकारसंग मुस्लिम समुदायको माग

MadhesKhabar

Leave a Comment