Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ तोलाको १ लाख ३६ हजार नाघ्यो

सांकेतिक तस्बिर।

वीरगन्ज,२६चैतःनेपालमा सुनको भाउ आज सोमबार पनि बढेको छ । हिजो आइतबार तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । पछिल्ला दिनहरुमा दैनिकजसो सुनको भाउ बढ्दै गएको छ ।

गएको पुसमा तोलाको १ लाख २२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ फागुनको सुरुतिर घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । फेरि विस्तारै सुनको मूल्य बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो ।

रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायका कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरुको भनाइ छ । सुनचाँदी व्यवसायीहरुका अनुसार रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अरु क्षेत्रमा लगानी छोडेर सुन खरिदमा लागेपछि विश्व बजारमा मूल्य बढेको हो ।

Related posts

मधेसको उद्योग–व्यवसाय सबल बनाउन प्रदेश सरकारले बनायो उच्चस्तरीय समिति

MadhesKhabar

परवानीपुर सब स्टेसनमा आगलागीपछि पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

MadhesKhabar

वीरगन्ज महानगरले ल्यायाे ३ अर्ब २१ करोडकाे बजेट

MadhesKhabar

Leave a Comment