Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरले ल्यायाे ३ अर्ब २१ करोडकाे बजेट

वीरगन्ज, ६ असार:वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

बुधबार आयाेजित वीरगन्ज महानगरपालिकाकाे नगरसभाको तेह्रौँ अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ कराेड ३५ लाख ४४ हजार रुपैयाँ बराबरकाे अनुमानित आयव्ययसहितकाे बजेट प्रस्तुत गरेका हुन् ।

महानगरपालिकाले यसअघि चालू आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट  ल्याएको थियो ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भने चालू आर्थिक वर्षकाे भन्दा करिब १२ कराेड रकम घटाएर बजेट ल्याएको हो ।

आगामी आर्थिक वर्षकाे कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याइएको छ ।

बुधबार प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजश्व बाँडफाड २१ करोड १२ लाख रुपियाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

वीरगन्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार को अनुमान गरिएको छ ।

मेयर राजेशमान सिंहकाे सभाअध्यक्षतामा भएकाे नगरअधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाैडेल, ३२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य , कर्माचारी लगायतकाे सहभागीता थियाे ।

Related posts

पर्साका ४०० दलित बालबालिकालाई अमेरिकामा बस्ने नेपाली दम्पतीले दिए विद्यालय पाेशाक

MadhesKhabar

शिक्षालाई राजनीतिकरण नगर्न मेयर सिंहकोे आग्रह

MadhesKhabar

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

MadhesKhabar

Leave a Comment