वीरगन्ज,२४चैतःपर्साको धोबिनी गाउँपालिकाको वडा नम्बर ५ धोबिनीमा रहेको अजिज मियाँ माध्यमिक विद्यालयलाई स्थानीय एक युवाले आफनो तर्फबाट बेन्च–डेस्क सहयोग गरेका छन् ।
धोबिनीकै संतोष यादवले उक्त विद्यालयलाई ९ सेट बेन्च–डेस्क सहयोग गरेका हुन् । विद्यालय परिसरमै शनिबार आयोजित कार्यक्रममा यादवले विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामलाई ५१ हजार रुपैयाँमा खरिद गरिएको ९ सेट बेन्च–डेस्क प्रदान गरे ।
विद्यालयमा बेन्च–डेस्कको अभावमा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको गुनासो आएपछि त्यसैलाई मध्यनजर गरेर यादवले ९ सेट बेन्च–डेस्क सहयोग गरेको प्राधानाध्यापक रामले वताए ।
वडाध्यक्ष मनवर अहमदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका नेता सल्लाउदिन अहमद,सशस्त्र प्रहरी निरीक्षक दिपकराज बस्नेत, इन्जिनियर रामबाबु पटेल, सुनिल राम, नरेश पटेल, मनेश ठाकुर लगायतकोपनि उपस्थिती रहेको थियो ।

