वीरगन्ज,२३चैत:भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा शुक्रबार राति भएकाे खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई सनराईजर्स हैदराबादले पराजित गरेको छ ।
हैदराबादकाे राजिव गान्धी क्रिकेट स्टेडियममा भएकाे खेलमा चेन्नईमाथि हैदराबादले ६ विकेटकाे सहज जीत हात पारेको हो ।
चेन्नईले दिएको १ सय ६६ रनको लक्ष्य हैदराबादले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
हैदराबादका लागि एडेन माकरमले ३६ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३७ रन बनाए । ट्राभिस हेडले २४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।
चेन्नईका लागि मोईन अलीले २ तथा महेश तिक्सेना र दिपक चहरले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
चेन्नईका लागि शिभम दुवेले २४ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए । अजिङ्का राहाणेले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।रविन्द्र जडेजाले २३ बलमा ४ चौकाको सहयोगमा अविजित ३१ रन बनाए । कप्तान ऋतुराज गायकवाडले २१ बलमा २६ तथा ड्यारियल मिचेलले ११ बलमा १३ रन बनाए ।
हैदराबादका लागि टि नटराजन, प्याट कमिस, भुवेनेश्वर कुमार, जयदेव उन्नादकड र शाहबाज अहमदले समान १/१ विकेट लिए ।
चौथो खेलमा दोस्रो जित हात पारेको हैदराबाद अंकतालिकाकाे पाँचौ स्थानमा उक्लिएको छ । चौथो खेलमा दोस्रो हार व्यहोरेको चेन्नई तेस्रो स्थानमा छ ।

