Madhes Khabar
राजनीति

सांसद यादवको प्रश्न: हुलाकी सडक निर्माणमा यति ढिलासुस्ती किन ?

काठमाडौं,२२चैतःजनता समाजवादी पार्टी(जसपा)का प्रमुख सचेतक प्रदिप यादवले हुलाकी सडक निर्माणमा ढिलाइ हुनुको कारण बारे सरकारसंग माग गरेका छन् ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवले सोधे, ‘हुलाकी सडक निर्माणमा यति ढिलासुस्ती किन ? वास्तविक कारण के हो ? समस्या समाधानका लागि लेखा समितिमा त्यो कारण आउनुपर्याे ।’

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले हालसम्म हुलाकी सडक ९७५ किलोमिटर निर्माण भइसकेको तथ्यांक प्रस्तुत गरेको थियो । त्यसपछि बैठकमै सांसद यादवले सोधे,‘९७५ किलोमिटर निर्माण भएको भनियो, यो सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसको मापदण्ड के हो ? नेताको दबाब, मन्त्रीको दबाब, आसेपासेको दबाबमा कहाँ कहाँ निकालियो बताउनुस् ।’

सांसद यादवले मधेस प्रदेशमा हुलाकी सडकमा कति वटा पुल बन्न बाँकी छ भनेरपनि प्रश्न गरे ।उनले सोधे,‘ हुलाकी सडकसंग जोडेर पर्सामा राष्ट्रिय निकुञ्जमा के समस्या छ?’।मधेसको लाइफलाइन हुलाकी सडक यथाशीघ्र बनाउनुपर्ने उनको भनाइ थियो ।

हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेको उनले जिकिर गरे ।यादवले भने,‘ हुलाकी सडकमा ढिलासुत्ी हुनुमा सरकार नै दोषी छ ।मधेसबाट मन्त्री नियुक्त भयो भने अग्रसरता लिने, पहाडको बन्यो भने नलिने प्रवृति छ । अहिले मधेसकै रघुवीर महासेठ मन्त्री हुनुहुन्छ, पक्कै अग्रसरता लिनेछ । कहाँ कहाँ समस्या छ, स्पष्ट आओस् ।’

Related posts

जगरनाथपुरमा जसपाको अगुवा कार्यकर्ता भेला सप्पन्न

MadhesKhabar

उपनिर्वाचनमा बारा २ मा पनि नेपाली सेना परिचालन गरिने

MadhesKhabar

२०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन

MadhesKhabar

Leave a Comment