Madhes Khabar
Uncategorized

पत्रकार गिरीमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरेर कारबाही गर्न प्रेस युनियन पर्साको माग

वीरगन्ज,२१चैतःवीरगन्जका पत्रकार दिपेन्द्र गिरी माथि सांघातिक आक्रमण भएको हप्तौं दिन बिति सक्दापनि प्रहरीले अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै नेपाल प्रेस युनियन जिल्ला शाखा पर्साले आपत्ति जनाएको छ ।

प्रेस युनियनका पर्सा सचिव ईरफान अलीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने पत्रकार दिपेन्द्र गिरी र उनको परिवार माथि चैत ११ गतते भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाउँदै त्यसमा संलग्नहरुलाई यथाशिघ्र पक्राउ गरी कारबाहीको माग गरेका हुन् ।

चैत ११ गते आईतबारकाराती ९ बजे गिरीकै छिमेकी रुपेश पटेल, दिपेश पटेल लगायतकाले पत्रकार गिरीको घरमै प्रवेश गरी पत्रकार गिरी, उनकाी श्रीमति र आमा समेतलाई बिना कारण आक्रमण गरी गम्भिर घाईते बनाएका थिए । उनिहरुविरुद्ध गिरीले चार दिन अघिनै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्तासमेत गराइसकेका छन् ।

घटना भएको १०ा दिन भन्दा बढी भईसक्दा पनि हालसम्म दोषीहरुलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाएकोमा यथाशिघ्र दोषीहरुलाई पक्राउ गरी कानुन अनुसार कडा भन्दा कडा कारबाहीको लागि प्रेस युनियन पर्साले विज्ञप्ति मार्फत माग गरेको छ ।

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सदस्य समेत रहेका पत्रकार गिरी मिर्मिरे उज्यालो दैनिक, तराई रिपोर्ट साप्ताहिक लगायतका सञ्चारमाध्यमहरुमा आवद्ध छन् ।

 

 

Related posts

वीरगन्जका नाला,पोखरी र पानी जमेको स्थानमा औषधि छर्दै महानगर

MadhesKhabar

मस्जिद तोडफोड विरोधमा वीरगन्जमा गरिएकोे प्रदर्शनका क्रममा प्रहरी बिटमा तोडफोड

MadhesKhabar

वीरगन्जको आदर्शनगरबाट अफिमसहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment