Madhes Khabar
समाचार

तस्करीको आशंकामा ५० लाखको सामान र ट्रक वीरगन्जबाट प्रहरीको नियन्त्रणमा

वीरगन्ज,२१चैतःप्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रकपनि नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० लाख १२ हजार १८० रुपैयाँ मुल्यको कपडा, औषधी,चिनी,सुर्ती लगायतका सामानसहित ना ८ ख ३५४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

गत सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ स्थित पावर हाउस चोकमा ना ८ ख ३५४९ नम्बरको ट्रक रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट राजश्व छलेर ल्याइएको ४१ लाख ९३हजार १० रुपैयाँ मुल्यको कपडा र खुद्रा सामानहरू बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उक्त सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए।

यस्तै गत सोमबार नै बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा भारतबाट भन्सार राजश्व छलेर चोरी पैठारी गरी ल्याउदै गरेको ८ लाख १९ हजार १७० रुपैयाँ मूल्यको कपडा, चिनी, सुर्ती तथा औषधी बरामद गरिएको थापाले बताए । ती सामानहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

 

Related posts

महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयास सराहनीय छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

वीरगन्जमा तस्करीको चाँदीसहित एक युवक पक्राउ

MadhesKhabar

बारामा भएको मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

MadhesKhabar

Leave a Comment