Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आज बैंग्लोर र लखनउको भिडन्त

वीरगन्ज,२०चैतःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मंगलबार रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यी दुर्ईबिचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि बेंग्लोरमा सुरु हुनेछ ।

जारी आईपीएलमा बैंग्लोरले ३ खेलमध्ये २ मा हार ब्यहोरेको छ भने लखनउले २ खेल खेल्दा एकमा जित र अर्कोमा पराजित भएको छ । बैंग्लोर चेन्नई र कोलकातासँग पराजित हुँदा पञ्जाबलाई हराएको थियो । त्यस्तै लखनउ राजस्थानसँग हारेको थियो । उसले पञ्जाबलाई हराएको थियो । लखनउ अंक तालिकाको छैठौँ र बैंग्लोर नवौँ स्थानमा छ ।

यसअघि सोमबारराति भएको खेलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो ।

 

Related posts

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानकाे भिडन्त

MadhesKhabar

१६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतसँग नेपाल पराजित

MadhesKhabar

सिमरा गाेल्डकप फुटबल चैत ९ गतेबाट

MadhesKhabar

Leave a Comment