Madhes Khabar
लुम्बिनी प्रदेश

करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

दाङ,१०चैतः दाङमा शनिबार करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी, उनका पति ६० वर्षिय गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसी रहेका छन् ।

शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने करेन्ट लागेर घाइते भएका गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा त्यसैमा छोइएर उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Related posts

कपिलवस्तुमा प्रहरीले हानेकाे गाेली लागेर एक युवककाे मृत्यु

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment