Madhes Khabar
मधेस प्रदेश

रौतहट: विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापकसहित तीन जना विरुद्ध मुद्दा

काठमाडौं,५चैतः रौतहटको इशनाथ नगरपालिका–५ स्थित लक्ष्मिनिया जटहरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको छ।

इशनाथ नगरपालिकाका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता र आधारभूत विद्यालय लक्ष्मीनियाका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध मुद्दा दायर भएको हो।उनीहरूविरुद्ध विद्यालयको भवन निर्माणका क्रममा मापदण्ड,गुणस्तर र इष्टिमेट विपरीतको काम गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो।

त्यही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन इन्जिनियर सौरभ,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ता र तत्कालीन प्रधानाध्यापक अख्तरले भ्रष्टाचार गरेको पुष्टि भएपछि सोमबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

इन्जिनियर सौरभले फिल्डमा वास्तविक कार्य भएकोभन्दा बढी देखाइ भुक्तानी दिन सिफारिस गरेको अख्तियारको ठहर छ। उनीमाथि ८८ हजार ६४७ रुपैयाँ बिगो असुल गरी सजाय हुन माग दावी गरिएको छ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले भुक्तानी नहुनुपर्ने २ लाख ३५ हजार ८९५ रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ। उनीविरूद्ध सोही रकम बराबरको बिगो माग गरिएको छ।

यसैगरी विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले भवन निर्माणको काममा झुट्टा विल बनाइ बढि भुक्तानी दिने कार्य गरी सार्वजनिक निकायलाई हानिनोक्सानी हुने कार्य गरेकाले उनीविरूद्ध ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो असुल र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।साभारःअन्नपूर्णपोष्टबाट

Related posts

रौतहटको गढीमाइमा कांग्रेस विजयी

MadhesKhabar

मधेसी महिलालाई नेतृत्वमा पुग्न सकस

MadhesKhabar

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

MadhesKhabar

Leave a Comment